Monday, December 14, 2015

ट्राफिक प्रहरीलाई अङ्ग्रेजी आवश्यक

काठमाडौँ, २८ मङ्सिर । सडकमा ट्राफिक व्यवस्थापन गर्न विदेशी पर्यटकलाई पर्ने भाषिक समस्या समाधानका लागि ट्राफिक प्रहरीलाई अङ्ग्रेजी आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

एक महिना अङ्ग्रेजी भाषा सिकेका २० जना ट्राफिक प्रहरीलाई आज प्रमाणपत्र वितरण गर्ने क्रममा महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रमुख जयबहादुर चन्दले तालिमबाट ट्राफिक प्रहरीमा क्षमताको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्तो तालिमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।

ट्राफिक प्रहरीको भाषिक समस्या समाधानका लागि इन्सिच्युट अफ प्रोफेसनल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर र सिभिल इन्टरनेसनल एजुकेसनको सहकार्यमा गत साउन ११ देखि भदौ ११ गतेसम्म प्रशिक्षण सञ्चालन भएको थियो ।

कार्यक्रममा सिभिल इन्टरनेसनल एजुकेसनका अध्यक्ष राधेश्याम मल्लले ट्राफिक प्रहरीको क्षमता विकासका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts