Friday, December 11, 2015

युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

कास्की, २५ मङ्सिर । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) पोखराको अध्यक्षमा सरोज श्रेष्ठ चयन हुनु भएको छ ।

(एनवाईइएफ)को ११आँै अधिवेशनले सर्वसम्मतरुपमा चयन गरेको कार्यसमितिको निवर्तमान अध्यक्षमा प्रकाशदेव पालिखे, इलेक्ट प्रेसिडेण्ट ( प्रथम उपाध्यक्ष) मा ज्ञानेश्वरलाल श्रेष्ठ, नोमिनी प्रेसिडेण्ट (द्वीतीय उपाध्यक्ष) मा सुमन बिजुक्छे तथा कोषाध्यक्षमा पुनिल वैद्य रहनुभएको छ ।

कार्यसमितिको कार्यक्रम संयोजकमा सन्तोषकुमार घिमिरे तथा सदस्यमा सुजन जोशी, प्रतिष पालिखे, विनल कर्माचार्य, वैभव पौडेल, सुरेश मल्ल र सुनिलबहादुर भट्टराई रहनुभएको छ । नयाँ समितिको पदावधि एक वर्षको रहेको छ ।

युवा उद्यमी मञ्च ४० वर्षभन्दा मुनीका युवा उद्यमी तथा व्यवसायीहरुको संस्था हो । मञ्चले उद्यमशीलता विकास एवम् युवालाई स्वरोजगार बनाउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाली युवा उद्यमी मञ्च नेपालका अध्यक्ष तथा लक्ष्मी हाउसका निर्देशक निरञ्जन श्रेष्ठले युवा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीले तीनवटा नाकाबन्दी व्यहोरिसक्यौँ, अब कति व्यहोर्ने ?त्यसैले आत्मनिर्भर अर्थतन्त्रका लागि अब सोच्नैपर्छ ।”– उहाँले भन्नुभयो ।

उहाँले नेपाल र भारतीबीच देखिएको गतिरोधले आगामी सन् २०१६ को अक्टोबर २७ तारिखसम्म म्याद कायम रहेको नेपाल–भारत व्यापार सम्झौता नवीकरणमा समस्या पर्नसक्नेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल–भारत व्यापार सन्धिको प्रावधानअनुसार सम्झौता नवीकरणको लागि दुबै पक्षले तीन महिनाअगावै आफ्ना धारणासहितको जानकारी पठाउनुपर्ने प्रावधान रहेको स्मरण गर्दै उहाँले भन्नुभयो–“ अहिले देखिएको गतिरोध लम्बियो भने त्यसले व्यापार सम्झौतामा पनि असर पार्न सक्छ ।”

नेपालले भारतबाट के खोज्ने र भारतले नेपालबाट के चाहेको हो भन्नेमा राजनीतिक नेतृत्व स्पष्ट हुनुपर्नेमा जोड दिँदै उहाँले अहिलेको गतिरोधले भारतको सबैभन्दा बढी चासो व्यापार भन्दा पनि आफ्नो सुरक्षा भएको हुनसक्ने अनुमान लगाउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा ‘नेस्ल’े इण्डिया उत्पादनको अधिकृत बिक्रेतासमेत रहनुभएका प्रकाशदेव पालिखेले भारतको अघोषित नाकाबन्दीपछि नेपालको आफ्नो भन्ने केही रहेनछ भन्ने अनुभूति भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts