Thursday, December 17, 2015

बस दुर्घटनामा चौँतीस घाइते

चौतारा, २ पुस । चौताराबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ४८१५ नंको यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

घाइतेमध्ये बाह्र जनाको अवस्था चिन्ताजनक छ । घाइते सबैलाई चौतारा अस्पताल तथा काभ्रेको धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट आज अपराह्न ४ बजे छुटेको उक्त बस साँगाचोक गाविसको जनजागृति उमावि नजिकको घुम्तीमा ४.४५ बजे दुर्घटना भएको थियो । घटनास्थलमा उद्धार सकिएको र अन्य यात्रुलाई अर्को बसमार्फत बाह्रबिसे पठाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

बसमा भित्र र छतमा समेत करिब ७० जना यात्रु थिए । ओरालोतर्फ जाँदै गरेको सो बस तीव्र गति र क्षमताभन्दा बढी यात्रु भएकाले सडकमै पल्टिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts