कावासोती, २ पुस । नवलपरासीको दुम्किबासमा ग्यास बोकेको बुलेट आज अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एचआर३८ एच ९७१४ नम्बरको ग्यास बुलेट दुम्किबास–५ ज्यामिरे ओरालोमा बे्रक फेल भएर अनियन्त्रित भई सडकमै पल्ँिटदा राजमार्ग अवरुद्ध भएको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक भारत सुपल–१ का मनोजकुमार दास घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment