वीरगन्ज, १९ मङ्सिर । पर्सामा यस वर्ष धानबालीको उत्पादन सरदर प्रतिहेक्टर ३ दशमलव शुन्य २ मेट्रिक टनका दरले भएको छ ।
गत वर्ष प्रतिहेक्टर ३ दशमलव ७ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा शुन्य दशमलव ६८ प्रतिशतले कमि हो ।
जिल्ला कृषि विकास कार्यालय पर्साका अनुसार, कुल एक हजार ३५३ वर्ग किलोमिटर क्षेत्रफल रहेको पर्सा जिल्लामा ५४ हजार ७७२ हेक्टर क्षेत्रफल कृषि योग्य जमिन मानिन्छ । त्यसमध्ये यस वर्ष ४३ हजार ८७१ हेक्टर जमिनमा धान खेती गरेका छन् ।
उक्त क्षेत्रफलमा यस वर्ष पर्सामा कुल रु. एक लाख ३२ हजार ५६० मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक सुरेश चौरसियाले बताउनुभयो ।
धान खेती गरिएको कुल क्षेत्रफलमध्ये ३३ हजार २१ हेक्टर क्षेत्रफलमा अगहनी, आठ हजार पाँच सय हेक्टरमा भदैया र दुई हजार ३५० हेक्टर क्षेत्रफलमा चैते धान लगाएको थियो ।
यस वर्ष करिब ९५ हजार ७६१ मेट्रिक टन अगहनी, २९ हजार ७५० मेट्रिक टन भदैया तथा सात हजार ५० मेट्रिक टन चैते धान उत्पादन भएको प्राविधिक सहायक चौरसियाले बताउनुभयो ।
पर्सामा धान उत्पादन हुने जमिनलाई विशेषगरी तीन तहमा वर्गिकरण गरिएको छ । जसमध्ये वर्षभरि सिँचाइ सुविधा हुने करिब २२ हजार, अर्ध सिञ्चित अवस्था रहेको तीन हजार र बा“की १८ हजार हेक्टर क्षेत्रफलमा आकासे पानीको भरमा धानखेती हुने गरेका छन् ।
जिल्लाका अधिंकाश किसानले सोना मन्सुली जातको धान लगाएको छ । छिटै पाक्ने तथा तुलनात्मकरुपमा अन्यभन्दा बढी उत्पादन हुने आसमा धानको नया“जात रोज्ने किसान मौसमी प्रतिकूलताको मारमा बढी पर्ने गरेका छन् । रासस
No comments:
Post a Comment