Saturday, December 12, 2015

सवारी दुर्घटनामा एकजनाको मृत्यु

इटहरी, २६ मङ्सिर । मोरङ जिल्लाको पथरी शनिश्चर नगरपालिकामा सडकमा पैदल हिँडिरहेका दुई महिलालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारीअनुसार ना५ख ४१६२ नंको बसले सडक छेउमा हिँडिरहेका दुई महिलालाई ठक्कर दिएको थियो ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन । उनीसँगै गम्भीर घाइते भएकी अर्की महिलाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पूर्वी नेपाल विभिन्न ठाउँमा आज भएको सवारी दुर्घटनामा अन्य १६ जना गम्भीर घाइते भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts