काठमाडौँ, १६ मङ्सिर । नेपाली काँग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले अपाङ्ग दिवसका पूर्वसन्ध्यामा आज शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
‘अर्थपूर्ण समावेशीकरण सबै क्षमताका मानिसका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ बिहीबाकर डिसेम्बर ३ (मङ्सिर १७) मा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै छ ।
सो अवसरमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शङ्कर भण्डारी, कमला पन्त, सुजाता परियारलगायतको सहभागिता थियो ।
अपाङ्ग दिवसका अवसरमा बिहीबार बिहान ८ बजे भृकुटीमण्डपमा पदयात्रा निकाल्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment