Wednesday, December 2, 2015

अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ –मधेसी मोर्चा

जनकपुरधाम, १६ मङ्सिर । राजमार्ग केन्द्रित आन्दोलन सञ्चालन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप लगाएका छन् ।

आज धनुषाको ढल्केबरमा आयोजित आमसभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सङ्घीयताको जननी भएपनि अहिले मधेसलाई नै सङ्घीयताबाट वञ्चित गराउन खोजिएको बताउनुभयो ।

अहिले मधेसको विरोधमा दलहरु एक ढिक्का भएको धारणा राख्दै उहाँले वर्तमान सरकारसमेत मधेस विरोधी भएको आरोप लगाउनुभयो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनता आफ्नो अधिकार र पहिचानको लागि सङ्घर्ष गरिरहेको चर्चा गर्नु भयो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जारी आन्दोलनमा सरकारले गरेको बल प्रयोग नरोकिएसम्म वार्ता नहुने धारणा राख्नु भयो । उहाँले मधेसी जनताले आफ्नो अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको आन्दोलनलाई अहिले निर्णायक बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts