चितवन, ५ पुस । सूचना विभागले चितवनको भरतपुरमा आयोजना गरेको दुईदिने घुम्ती शिविरमा १८९ जनालाई परिचयपत्र वितरण गरेको छ ।
विभागले हिजो र आज गरी दुई दिनमा १८० जना सम्पादक र पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरेको हो भने सञ्चारमाध्यमका नौ जना अध्यक्ष र व्यवस्थापकले पनि परिचयपत्र लिएका छन् । शिविरमा तीन जनाको नवीकरण, एक जनाको प्रतिलिपि र एक जनाको सच्याइएको विभागका शाखा अधिकृत मीठाराम हुमागाईंले बताउनुभयो ।
सो अवसरमा विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले पत्रकारको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उद्देश्यअनुरुप घुम्ती शिविर गरिएको बताउनुभयो ।
शिविरमा चितवन, नवलपरासी, तनहुँ, गोर्खा र मकवानपुरका सञ्चारकर्मीले परिचयपत्र लिएको संयोजन गरेको नेपाल पत्रकार महासङ्घ चितवन शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले बताउनुभयो ।
चितवनमा यसअघि १८ जना पत्रकारको मात्रै परिचयपत्र लिई बिमा सुविधा लिएका थिए ।
विभागले विगत तीन वर्षदेखि क्षेत्रीयस्तरमा शिविरको आयोजना गरी परिचयपत्र वितरण गर्दै आएको छ । यस आवमा यसअघि दाङमा शिविरको आयोजना गरी परिचयपत्र वितरण गरिएको थियो ।
नेपालभर १० हजारभन्दा बढी पत्रकार रहेको भए पनि हालसम्म चार हजारले मात्र परिचयपत्र लिएको विभागले जनाएको छ । रासस
No comments:
Post a Comment