Sunday, December 13, 2015

सहायक वन अधिकृत पक्राउ

जाजरकोट, २७ मङ्सिर । जाजरकोटका सहायक जिल्ला वन अधिकृत लालबाबु झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयबाट खटिएको टोली सेवाग्राहीबाट रु ४८ हजार लिँदालिँदै रङ्गेहात फेला पारेको छ ।

झाले रेजिना कम्पनीका दीपक रेग्मीबाट रु ४८ हजार लिएका थिए । अख्तियारका कृष्णा विष्टको नेतृत्वको टोलीले उनलाई समातेको हो । झाले भने आफूलाई फसाएको दाबी गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts