कपिलवस्तु, १७ मङ्सिर । प्रहरीले निलगाई मार्न लागेको अवस्थामा आज साँझ कपिलवस्तुमा पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका–१३ पकडी गाउँका समसाद भाट, सब्बीर बढई, ओरियन मुसलमान, पप्पु बढई र जुवेर बढई छन् । पकडी गाउँमा निलगाईलाई काट्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका इन्चार्ज प्रहरी नायब निरीक्षक भिमसेन विष्टले बताउनुभयो । रासस
No comments:
Post a Comment