Thursday, December 3, 2015

दृष्टिविहीन बालबालिकालाई खाद्यान्न तथा स्विटर प्रदान

काठमाडौँ, १७ मङ्सिर । चौबीसौँ अन्तर्राष्ट्रिय अपाङ दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घले आज ललितपुरस्थित नमुना मछिन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत ३४ जना दृष्टिविहीन बालबालिकालाई खाद्यान्न र विद्यालय पोशाकमा लगाउने स्विटर सहयोग गरेको छ ।

सङ्घकी अध्यक्ष रोशी अर्यालले विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतलाई बालबालिकाको लागि चामल, दाल, तेल, नुन, चिउरा दालमोट, बिस्कुट, चाउचाउलगायतका खाद्यान्न र स्विटर प्रदान गर्नुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts