Friday, December 18, 2015

स्काई विन्टर फेस्टिबल हुने

काठमाडौँ, ३ पुस । हिमालय स्के ट्रेक प्रालिको आयोजनामा भोलिबाट लाङटाङ उपत्यकामा हिमालय स्काई विन्टर फेस्टिबल (हिउँमा खेल्ने खेल) गरिने भएको छ ।

प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी रसुवाको लाङ्टाङ भ्यालीमा सो फेस्टिबल गर्न लागेको जानकारी दिएको हो ।

नेपाल भूकम्पबाट सुरक्षित छ भन्ने कुरा विश्वलाई चिनाउन यस्तो फेस्टिबल आयोजना गर्न लागिएको फेस्टिबलका संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।

उहाँले नेपालमा यस्ता ठाउँ प्रशस्त मात्रामा भए पनि सरकारले स्पष्ट नीति बनाउन नसक्दा यस्ता खेल ओझेलमा पर्ने गरेको बताउनुभयो । सो फेस्टिबल भोलिबाट एकहप्तासम्म सञ्चालन हुनेछ ।

सो अवसरमा नेपाली काँग्रेसका युवा नेता शङ्कर भण्डारीले देशको अर्थतन्त्रलाई बढाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाल पर्यटकीय क्षेत्र हो यसको विकासका लागि सबैको समर्थन आवश्यक छ ।”

लाङ्टाङको क्षेत्रमा भूकम्पले कस्तो प्रभाव पारेको छ भन्ने बारेमा यस्तो खेलले सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । यो खेलमा नेपालीसहित विदेशी खेलप्रेमीको सहभागिता रहनेछ । पहिलोपटक २२ जनाले भाग लिएको सो खेल दोस्रोपटक ३० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts