Tuesday, December 1, 2015

न्यूनतम पारिश्रमिक ऐन लागू हुन्छ–मन्त्री राई

काठमाडौँ, १५ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले न्यूनतम पारिश्रमिक ऐन लागू गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।

सञ्चार गृहमा ३३ प्रतिशत महिला सञ्चारकर्मी हुनुपर्नेलगायतका १३ बुँदे माग राखी सञ्चारिका समूहले आज मन्त्री राईसमक्ष बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले न्यूनतम पारिश्रमिक लागू गर्न तत्काल मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले पत्रकार दुर्घटना बिमाको कामसमेत सुरु भइसकेको बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो– “सञ्चार गृहमा ३३ प्रतिशतभन्दा बढी सञ्चारकर्मी महिला हुनुपर्छ भन्ने मेरो मान्यता हो । प्रेस काउन्सिल र सञ्चार नीति निर्माण तहमा समेत महिला आवश्यक छन् ।”

ज्ञापनपत्र बुझाउँदै समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको गुणात्मक र सङ्ख्यात्मक वृद्धिका लागि सरकारले समेत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयमा पुगेका पत्रकार महिलाले सरकारी सञ्चार माध्यममा दिइने थोरै समयको नियुक्ति पत्र, सरकारी भ्रमण टोलीमा पत्रकार महिलाको कम सहभागितालगायतका कुरा उठाएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts