Friday, December 18, 2015

रु दश हजार बाँड्न सुरु

ललितपुर, ३ पुस । सरकारले भूकम्पपीडितलाई अनुदान स्वरुप रु १० हजारका दरले आजदेखि बाँड्न सुरु गरेको छ ।

ललितपुर उपमहानगरपालिका २३ नं वडाबाट उक्त रकम दिन सुरु गरिएको हो । यसभन्दा पहिला असार मसान्तसम्म प्रथम चरणको रु १५ हजारका दरले प्रत्येक भूकम्पपीडितलाई वितरण गरिसकिएको छ ।

जाडो महिना सुरु भएकाले पीडितलाई न्यानो कपडा किन्न उक्त रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी ऋषि शर्माले बताउनुभयो ।
नगरभित्रका सबै ३० वटा वडामा पीडितलाई करिब १० दिनभित्र यो राहत रकम वितरण गरिसक्ने योजना छ ।
नगरक्षेत्रभित्र छ हजार ७६८ भूकम्पपीडित रहेको ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts