Friday, December 18, 2015

दिक्तेलका आगलागी पीडितलाई आर्थिक सहयोग

खोटाङ, ३ पुस । उद्योग वाणिज्य सङ्घ खोटाङले आगलागीबाट बिचल्लीमा परेका परिवारलाई आर्थिक सहयोग गरेको छ । बिहीबार दिउँसो भएको आगलागीबाट विस्थापित बनेका दिक्तेल नगरपालिका–२ का हीरालाल पुरी र मोबाइल पसल सञ्चालक आशीष थापालाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको हो ।

कपडा पसल सञ्चालन हुँदै आएको घरलगायतका धनमाल गुमाएर बिचल्लीमा परेका पुरी परिवारलाई वाणिज्य सङ्घले नगद रु एक लाख १०१ राहत प्रदान गरेको छ । यस्तै, मोबाइल पसल सञ्चालक थापालाई रु पाँच हजार प्रदान गरिएको सङ्घका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

आगलागीबाट सबै गुमाएका परिवारको गाँस, बास र आवासको व्यवस्थाका लागि राहत प्रदान गरिएको सङ्घका महासचिव समुन्द्र जोशीले बताउनुभयो ।

रेडक्रसले अग्निपीडित परिवारलाई कम्बल र त्रिपाल प्रदान गरेको छ ।

बिहीबार दिउँसो भएको आगलागीमा हिरालाल पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर मगर र हर्कबहादुर राईको घर ध्वस्त बनेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts