सल्यान, २८ मङ्सिर । नेकपा माओवादी विप्लव पक्षले सल्यानमा एक व्यक्तिको घर जग्गा कब्जा गरेको छ । जिल्लाको भल्चौर गाविस वडा नं ६ मसिनाका रुन्चे बुढाथोकीको घरसहित ११ रोपनी जग्गा कब्जा गरेको हो ।
विप्लव माओवादीका जिल्ला सचिव डिल्लीराज शर्माका अनुसार बुढाथोकी बेपत्ता भएको लामो समयपछि स्थानीय धनबहादुर थापाले जालसाजी गरेर आफ्नो नाममा पास गरेको थाहा पाएपछि आफूहरुले कब्जा गरेको विप्लव माओवादीका जिल्ला सचिव डिल्लीराज शर्माले बताउनुभयो । पार्टीको केन्द्रीय नीतिअनुसार जग्गा कब्जा गरी पार्टीको झन्डा गाडेको सो पार्टीले जनाएको छ । रासस
––––––––
No comments:
Post a Comment