Thursday, December 17, 2015

काउन्सिलद्वारा ‘न्युज २४’ टिभीलाई निर्देशन

काठमाडौंँ, २ पुस । प्रेस काउन्सिल नेपालले ‘न्युज २४’ टेलिभिजनलाई यही मङ्सिर २७ प्रसारित सामग्रीसहित उपस्थित हुन आज निर्देशन दिएको छ ।

काउन्सिलले अनुगमनका क्रममा उक्त टिभीबाट सो दिन बेलुका ९ः०५ बजे ‘उज्यालो’ कार्यक्रम मार्फत प्रसारित सामग्रीले सामाजिक सद्भाव र जातजातिबीचको सुसम्बन्धमा खलल पु¥याएको देखिएको आज प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

सो टेलिभिजनले पत्रकार आचारसंहिता–०६० (संशोधित तथा परिमार्जित–०६४) विपरीत समाचार सामग्री प्रसारण गरेको देखिएको जनाई काउन्सिलले तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts