Tuesday, December 8, 2015

साहित्यकार घिमिरेलाई आवास सुविधा

काठमाडौँ, २२ मङ्सिर । सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गराउने भएको छ ।

पशुपति क्षेत्र विकास कोषको आज बसेको बैठकले साहित्यकार घिमिरेका लागि आवास निर्माण गर्न काठमाडौँ गोठाटारमा रहेको आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भेट गरी साहित्यकार घिमिरेलाई आवास उपलब्ध गराउन लागिएको बारे जानकारी गराउनुभयो । भेटमा साहित्यकार घिमिरे पनि साथमा हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts