Monday, January 25, 2016

मधेस संवाद जागरण कार्यक्रम सामाजिक सद्भाव र एकताको अभियान– युवा सङ्घ नेपाल

पोखरा, ११ माघ । युवा सङ्घ नेपालले सङ्घद्वारा मधेसमा जारी अभियान सामाजिक सद््भाव र एकताका लागि भएको जनाएको छ ।

युवा सङ्घ नेपाल गण्डकी अञ्चल कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले नयाँ संविधानका उपलब्धिबारे जानकारी गराउने र संविधानका सम्बन्धमा व्याप्त भ्रम हटाउँदै समग्र राष्ट्रको एकता र सद्भावका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

अभियान कसैको प्रतिरोधका लागि नभएको स्पष्ट पार्दै अध्यक्ष पहारीले भन्नुभयो–“अभियानले राष्ट्रलाई जटिलताबाट पार लगाउन महत्वपूर्ण सहयोग पु¥याउँछ र मधेसमा सचेतना अभिवृद्धिका लागि यो उपयोगी बन्दछ ।”

सङ्घले मधेसमा जागरण अभियानअन्तर्गत निरन्तर कार्यक्रम गर्दै आएकामा रङ्गेलीको कार्यक्रम पनि पूर्ववत् रुपमा तय भएको गरिएको उहाँको भनाइ छ ।

रङ्गेलीमा शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्न प्रयास गरिएपश्चात भएको घटना दुखःद भएको उल्लेख गर्दै उहाँले कार्यक्रम गर्न सर्वदलीय सहमति समेत भइसकेको अवस्थामा शान्तिपूर्ण कार्यक्रमलाई अनाहकमा बिथोल्ने प्रयास भएको बताउनुभयो ।

मधेस समस्याको समाधानका साथै देशमा व्याप्त कालोबजारी, अनियमितताका सम्बन्धमा सङ्घले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष पहारीले बताउनुभयो ।

कार्यक्रममा सङ्घका अञ्चल अध्यक्ष नवराज ओझा, उपाध्यक्ष महेन्द्र गुरुङ र कोषध्यक्ष थमनारायण ढकाललगायतले सामाजिक र सद्भाव र एकताका लागि मधेसमा सङ्घले सञ्चालन गरेको अभियानले संविधानका सम्बन्धमा पारिएका भ्रम चिर्दै दलहरूबीचको सम्बाद र समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts