Monday, January 25, 2016

भक्तपुर काँग्रेसलाई अधिवेशनको रन्को, उम्मेदवारी घोषणाको लहर

भक्तपुर, ११ माघ । नेपाली काँग्रेसको १३ आँैं महाधिवेशन नजिकिएसँगै नेपाली काँग्रेस भक्तपुरलाई पनि जिल्ला अधिवेशनको रन्को लागेको छ ।

जिल्ला अधिवेशनसमेत नजिकिएपछि भक्तपुरमा विभिन्न पक्षको प्रतिनिधित्व गर्दै छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेस भक्तपुरमा पुराना काँग्रेस नेताको रुपमा चिनिएका व्यक्तिदेखि युवा पुस्ताले समेत जिल्ला सभापति, क्षेत्रीय सभापति र नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेस महाधिवेशनका लागि जिल्लादेखि वडा तहसम्म नै छुट्टाछुट्टै गुटका फरक प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका हुन् ।

जिल्ला सभापतिमा पूर्व जिल्ला सभापति महेश श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, मध्यपुर थिमि नगर सभापति अष्टकुमार कँवे, वर्तमान जिल्ला सभापति गणेशमान चक्रधर, मदनकृष्ण श्रेष्ठ र युवा नेता दुर्लभ थापाले छुट्टाछुट्टै उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

उम्मेदवार घोषणा गरेका नेताले नेपाली काँग्रेसलाई गुटबन्दीबाट मुक्त गरी एकढिक्का भएर लैजाने प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यसैगरी काँग्रेस क्षेत्र नं. १ का सभापतिमा किरण न्यौपाने, सुरेश श्रेष्ठ, कृष्णलाल भँडेल र जीवन खत्रीले तथा क्षेत्र नं २ बाट सभापतिमा विष्णुराज कार्की, केशव न्यौपाने र उद्धव सिलवालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

भक्तपुर नगर सभापतिमा भने शिव अवाल, राम कासुला, मध्यपर थिमि नगर सभापतिमा भने हरिदास प्रजापति र सुरेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

अनन्तलिङ्गेश्वर नगर सभापतिमा कृष्णमुरारी न्यौपाने, शिवशरण केसी, राजु खड्का र सुशील बस्नेतले उम्मेदवारी दिने भएका छन् ।

सूर्यबिनायक नगर सभापतिमा बालचन्द्र शर्मा र बालकृष्ण थापा, नगरकोट नगर समितिमा टङ्क कार्की र यादव अधिकारी तथा चाँगुनारायण नगरपालिकामा सुरेश श्रेष्ठ, उद्धव खड्का, सोम प्रधान र शिवहरि केसीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उम्मेदवारी दिएसँगै आफू निकटका व्यक्तिलाई प्रतिनिधि बनाउन नेताका कार्यकर्ताको घरदैलोमा जाने, प्रचार गर्ने कामलाई तीव्र पारेका छन् ।

जिल्लामा सभापतिका उम्मेदवारको दाबेदार हरेका महेश श्रेष्ठ, गणेशमान चक्रधर र अष्टकुमार कवेँले छुट्टाछुट्टै कार्यालय सञ्चालन गरेको गतिविधि अगाडि बढाएका छन् ।रमेश गिरी/ रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts