Monday, January 4, 2016

संविधान पहिलो संशोधन विधेयक २०७२ संसदबाट स्वीकृत

काठमाडौ, २० पुस ।  सरकारले संसदमा पेश गरेको नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ व्यवस्थापिका संसदबाट आज स्विकृत भएको छ ।
समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा परेको संशोधन विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफल सकिएपछि सभामुख ओनसरी घर्तीले संशोधन प्रस्ताव सदन समक्ष स्विकृतीका लागि पेश गर्नु भएको थियो । संसदको आजको बैठकमा पनि मधेसी मोर्चाका सांसदहरुले विरोध गर्दै नाराबाजी र बेल घेराउ गरेका थिए ।
विरोधकाबीच सुरु भएको बैठकमा विधेयकमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको कानुन मन्त्री अग्निप्रसाद खरेलले जवाफ दिनु भएको थियो । संसदमा बोल्दै मन्त्री खरेलले संविधानसभाले पारित गरी लागू गरेको संविधानमा संशोधनको विधेयक संविधानकै आधारमा ल्याएको बताउनुभयो । संविधानका केही विषय बाहेक सबै विषयमा संशोधन गर्न सकिने व्यवस्था भएको भन्दै यो संविधान लचिलो संविधान भएको दाबी गर्नुभयो ।
५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको बारेमा धारणा राखेका थिए । सभामुख घर्तीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेपछि  बुहमतका आधारमा स्वीकृत भएको घोषणा गर्नुभयो । व्यवस्थापिका–संसदले संविधान संशोधन विधेयकमा संशोधन प्रस्तावका दर्ता गर्नका लागि ७२ घन्टाको समय दिएको छ । संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts