महोत्तरी, २० पुस । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेसको राजनीतिक गतिरोधले चाँडै निकास पाउने बताउनु भएको छ ।
आज मङ्गलबार आफ्नै दलको दुई नम्वर प्रदेसको बैठकका लागि महोत्तरी आउनु भएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वात्र्ता सकारात्मक ढङ्गले अघि बढेकोभन्दै गतिरोध चाँडै अन्त्य हुने बताउनुभयो । मोर्चासँगको तीन दलीय वात्र्तामा मधेस समस्या समाधानका लागि संविधान संशोधन गर्ने प्रयोजनका लागि तीन दलले कार्यदल बनाई सकेको र मोर्चाले पनि आपसी सहमतीमा सदस्य दिने कुरा भएको प्रचण्डले जानकारी दिनुभयो ।
जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सामाजिक न्यायको धारामा समानुपातिक र समावेसी प्रतिनिधित्वको ग्यारण्टी लगायतका कुरामा सरकार, सरकारसम्बद्घ दलहरु, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र मोर्चाबीच अब खास दुरी नरहेकाले हमतीको सम्भावना नजिकिदै गएको प्रचण्डको भनाइ थियो ।
सीमाङ्कनका कुरामा पनि मुख्य तीन दल बीच विज्ञहरु सम्मिलित राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुङ्ग्याउने नीतिगत सहमती नै बनिसकेकाले अब अबिश्वासको वातावरण नरहेको प्रचण्डले बताउनुभयो ।
Monday, January 4, 2016
मधेसको गतिरोध चाँडै अन्त्य हुने प्रचण्डको भनाइ
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment