Saturday, January 23, 2016

सम्झौता पेस, छलफल र अनुमोदन

काठमाडौँ, ९ माघ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौता (ट्रिप्स) संशोधन प्रोटोकललाई अनुमोदन गरेको छ ।
तोकिएको समयभन्दा ठीक पाँच घन्टा २५ मिनेट ढिला गरी सुरु भएको बैठकमा वाणिज्य मन्त्री दीपक बोहराले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौता संशोधन प्रोटोकलमाथि छलफल गरियोस् भनी यसअघि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा मन्त्री बोहराले उक्त सम्झौताका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो ।
त्यसैगरी सदनले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ लाई बहुमतले पारित गरेको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले उक्त विधेयकमाथिको दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त विधेयकमाथिको छलफलमा संशोधन प्रस्तुत गर्नेमध्येबाट सांसद प्रेम सुवालले मन्त्री खरेलसँग विधेयकका बारेमा स्पष्टीकरण माग गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts