Sunday, January 3, 2016

महासङ्घलाई सङ्घीय संरचनामा लैजानुपर्ने– अध्यक्ष विष्ट

जनकपुरधाम, १९ पुस । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले सङ्घीय संरचनाअनुसार महासङ्घलाई रुपान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

तराई मधेसमा सञ्चारकर्मीले भोग्दै आएको समस्याको सम्बन्धमा महोत्तरीको बर्दिवासमा आयोजित छलफल कार्यक्रमा बोल्दै अध्यक्ष विष्टले भने केन्द्र प्रान्त र जिल्लाको सङ्घीय संरचनाअनुसार महासङ्घलाई लैजानुपर्ने धारणा महासङ्घको रहेको बताउनुभयो ।

उहाँले हाम्रो ‘बटमलाइन’ भनेको मधेसको समस्या राजनीतिक समस्या भएकाले यसलाई राजनीतिक रुपमा समाधान हुनुपर्नेमा जोड दिए । एउटा कित्तामा बसेर सञ्चारकर्मीले पत्रकारिता गर्नु जोखिमपूर्ण भएकाले सञ्चारकर्मी आाफू इमान्दार भई पत्रकार अचारसंहिताको पालना गर्नु पर्दछ अध्यक्ष विष्टले भन्नुभयो– “समाचार सङ्कलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण गर्ने तत्वलाई सशक्त रुपमा कारबाही गर्नु पर्दछ भन्नुभयो ।

सो अवसरमा महासङ्घका केन्द्रीय सदस्य अजय अनुरागी, केन्द्रीय कोषाध्यक्ष सूर्यमनि गौतम, महासङ्घका धनुषा, महोत्तरी र सर्लाहीका अध्यक्षहरु क्रमशः अनिलकुमार मिश्र, ईश्वर पौडेल र अमन कोइरालालगायतले सञ्चारकर्मीको पेसागत भौतिक र सामाजिक सुरक्षाप्रति महासङ्घ गम्भीर हुनुपर्ने बताउनुभयो ।

धनुषा महोत्तरी र सर्लाही गरी तीन दर्जन सञ्चारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा सञ्चारकर्मीले भोग्नुपरेका समस्या र उपायबारे छलफल भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts