Saturday, January 2, 2016

युवाहरु नेतृत्वमा आउनुपर्ने

पाँचथर, १८ पुस । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले अबको महाधिवेशनबाट पार्टीमा युवा आउनुपर्ने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले पार्टीको जिम्मेवारी युवाको काँधमा आए मात्र मुलुकले समृद्धि र विकासले फड्को मार्ने बताउनुभयो ।

पार्टी एक भएको लामो समय बित्दा पनि गुटउपगुट रहेका कारण भ्रातृभगिनी तथा शुभेच्छुक सङ्गठनको अधिवेशन हुन नसक्नु दुःखद रहेको उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts