तुलसीपुर(दाङ), १२ माघ । तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको चिसोका कारण आज मृत्यु भएको छ ।
कारागार प्रमुख देवेन्द्र श्रेष्ठले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय खेपिरहेका दाङ बागमार–१ का ८३ वर्षीय आइते नेपाली सार्की रहेका छन् । दमका रोगी रहेका सार्कीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि राप्ती अञ्चल अस्पताल लगिएको र उनको उपचारका क्रममै मृत्यु भएको हो । सार्कीलाई विसं २०६७ चैत २० गतेदेखि सो कारागारमा राखिएको थियो । रासस
No comments:
Post a Comment