जिरी, १२ माघ । पूर्वसभासद् एवम् व्यवसायी जिपछिरिङ लामाले भूकम्पबाट मृत्यु भएका प्रतिपरिवारलाई राहतस्वरुप रु १५ हजार वितरण गर्नुभएको छ ।
नेपाली काँग्रेस दोलखाद्वारा आयोजित कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष लामाले दोलखाका सम्पूर्ण भूकम्पबाट मृत्यु भएकाका परिवारलाई कुल २६ लाख ६६ हजार नगद वितरण गर्नुभयो ।
दोलखामा गत वैशाख १२, १३ र २९ गते गएको भूकम्प र परकम्पबाट १७७ जनाको मृत्यु भएको थियो ।
काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका लामाले खारे गाविस– १ को नमूना पर्यटन सहकारीले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स पनि हस्तारन्तरण गर्नुभएको छ ।
राहत वितरण कार्यक्रममा उहाँले भूकम्पपीडितका घाउमा ढिलै भए पनि मल्हम लगाउने काम भएको बताउँदै सरकारले अघि बढाएका पुनःनिर्माणको काममा सबै पक्षलाई राजनीति नगरी लाग्न आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment