डडेल्धुरा २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले सीमाङ्कनमा कुनै हेरफेर नहुने बताउनुभएको छ ।
नेपाल पे्रस युनियन डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सङ्घीयताको सीमा हेरफेर गर्दा सवै क्षेत्रमा समस्या उत्पन्न हुने हुँदा सीमाङ्कन हेरफर गर्न नसकिने बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले पार्टीको १३ औँ महाअधिवेशनबाट पार्टीका कार्यकर्ताको चाहनाअनुसार पार्टी नेतृत्व फेरिने छ भन्नुभयो । रासस
No comments:
Post a Comment