रुपन्देही, २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधानमा कुनै विदेशी शक्ति र दूतले नेपालको राष्ट्रियता र अखण्डतालाई हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ ।
बुटवलमा बुटवल उप महानगरपालिका र नेपाल पत्रकार महाङ्सघले आयोजना गरेको ‘जनताको संविधान जनताकै माझमा अभियान’ कार्यक्रममा नेता खाँणले भारतले अघोषित नाकाबन्दी खुकुलो बनाउँदै लगेको परिस्थितिमा मधेसी दलसँग छिटो सहमति गरेर संविधान कार्यान्वयन सहित मुलुकको आर्थिक समृद्धिका लागि दलहरु एक ढिक्का भएर अघि बढनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment