Monday, January 4, 2016

संविधानको कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक छ : महामन्त्री सिटौला

पोखरा, २० पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनका लागि नेपालका प्रमुख राजनीतिक शक्तिबीचको एकता आवश्यक भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा संविधानसभाबाट संविधान जारी गर्दाको अवस्थासम्म नेपालका राजनीतिक दल एकजुट बने पनि संविधान जारीपछि एक हुन नसकेको बताउनुभयो ।

संविधान जारीसँगै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको बताउँदै उहाँले नयाँ संविधानले निर्दिष्ट गरेका केन्द्रदेखि स्थानीय तहसम्मका निर्वाचन सम्पन्न गरेर निर्वाचनपश्चात् नयाँ नेतृत्व स्थापित भएसँगै संविधानको कार्यान्वयनको पहिलो चरण सम्पन्न हुने बताउनुभयो । यी धेरै काम सम्पन्न गर्नका लागि पनि दलबीच एकता कायम गरी संविधानको कार्यान्वयनमा जुट्नुपर्ने वर्तमानको आवश्यकता भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गरी दलबीचको एकताका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्छ ।” पार्टीको १३औँ महाधिवेशनले मुलुकको नयाँ परिवर्तनसँगै आएका चुनौतीलाई सामाना गर्न सक्ने नेतृत्व चयन गर्ने बताउँदै उहाँले आगामी दिनमा पार्टीलाई वैचारिक, रणनीतिक सबै दृष्टिबाट उचाइमा पु¥याउनुपर्ने बताउनुभयो ।

पार्टीको आगामी महाधिवेशनलाई खेलकुदका नियमका आधारमा एकताको महाधिवेशनका रुपमा विकास गनुपर्ने उहाँको भनाइ छ । नेपालको जारी सङ्कटलाई राजनीतिकरुपमा समाधान गर्न निरन्तर प्रयास जारी रहेको र समस्याको निकास चाँडै हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts