काठमाडाँै, २० पुस । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मधेसी जनताको भावनालाई समेटेर संविधान संशोधन गरिने बताउनुभएको छ ।
स्थानीय शान्ति समिति काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान–२०७२’ को अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा नेता सिंहले संविधान सम्झौताको दस्तावेज भएकाले वार्ता र छलफलबाटै संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो । सिंहले भन्नुभयो, “संविधानले दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यक, महिलाको हकहितलाई समेटेको छ, यस्तो संविधान विश्वका कुनै मुलुकमा छैन ।”
महामन्त्री सिंहले हिमाल, पहाड, तराई, पूर्व–पश्चिम सबै जनताको भावनालाई समेटेर अगाडि बढ्नु आवश्यकता रहेको बताउँदै संविधान कार्यान्वयनमा सबै दल मिल्नाको विकल्प छैन भन्नुभयो ।
काँग्रेस काठमाडौँका पार्टी सभापति भीमसेनदास प्रधानले संविधानको सहज रुपमा कार्यान्वयन गर्न राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउनुभयो ।
सांसद राधेश्याम अधिकारीले सीमाङ्कनमा देखिएको विवादलाई राजनीतिक समस्याबाट समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनसङ्ख्या वा भूगोल एकलाई मात्र आधार मानेर सीमाङ्कन गर्न सकिँदैन ।” नेकपा (एमाले)का नेता निर्मल कुइँकेल, शान्ति समितिका अध्यक्ष अम्बिका सुवेदीलगायतले समावेशी समानुपातिकसहितको लोकतान्त्रिक संविधान निर्माण भएकाले यसका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको बताउनुभयो । रासस
No comments:
Post a Comment