रुकुम, २१ पुस । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले देशको समग्र विकासका लागि विभिन्न तबरबाट प्रयास जारी राखेको बताउनुभएको छ ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुकुम पुग्नुभएका मन्त्री पुनले आज जिविसको हलमा आयोजना गरिएको गरिएको पत्रकारसम्मेलनमा जिल्लाको विकास निर्माणबारे जानकारी गराउनुभएको थियो ।
मन्त्री पुनले जिल्ला तथा देशको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिविस रुकुमको आयोजना नेपालको संविधान, जनताको संविधान, जनताको संविधान, जनताको माझमा अभियानअन्तर्गत संविधानमा रहेका मूलभूत विषयवस्तुका बारेका सुसूचित गराउन गृह जिल्ला पुग्नुभएका मन्त्री पुनले मधेसी मोर्चाको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीले देशमा ठूलो सङ्कट परेको बेला तेस्रो मुलुकबाट इन्धनलगायतका सामग्री नेपाल ल्याउन बाटो खुलाएको बताउनुभयो ।
उहाँले तेस्रो मुलुकबाट नेपालमा इन्धनलगायतका अत्यावश्यक वस्तु ल्याउने बाटो खुलेसँगै भारतको मात्र भरमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।
मन्त्री पुनले चीनबाट पनि तेल ल्याउने कुरामा नीतिगत तथा व्यावहारिक छलफल तीव्र गतिमा अगाडि बढिरहेको र अबको एक साताभित्रै नेपालमा आपूर्ति सहज हुने बताउनुभयो ।
नेपालको संविधानमा भएका व्यवस्था तराईका जनताले राम्रोसँग अध्ययन गरे मधेस आन्दोलन आफैँ अन्य हुने उहाँको भनाइ छ । आपूर्तिमन्त्री पुनले भारतको अघोषित नाकाबन्दीका कारण भएको इन्धनलगायतका अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा वितरण व्यवस्था छिट्टै पुरानो अवस्थामा फर्कने बताउनुभएको छ् ।
संविधान संशोधन प्रक्रिया अगाडि बढी आन्दोलनरत मोर्चासँग भएका वार्ता सकारात्मक हुन गई आन्दोलन सामान्यीकरणतर्फ गएपछि भारतबाट हुने आपूर्ति पनि सहज बन्दै गएको उहाँले बताउनुभयो ।
यसैबीच रुकुमका सांसद मिठ्ठू मल्लले नयाँ सविधानले सबै नेपाली जनताको हकअधिकार समेटिएकाले कसैले पनि देश विकासको बेला आन्दोलन तथा नेपाली नेपालीबीचको सद्भाव भड्कने खालको कार्य नगर्न आग्रह गर्नुभएको छ ।
संविधानमा रहेका मूलभूत विषयवस्तुका बारेका रुकुमका नगरिकलाई जानकारी गराउन रुकुमका तीनजना सांसद गणेशमान पुन, मिठ्ठू मल्ल र दलजित शेर्पाली यहाँ आउनुभएको छ ।
उहाँहरुले यहाँका नागरिकले नबुझेका विषयमा नेपालको सविधानमा रहेका मूलभूत विषयवस्तुका बारेका सुसूचित गराउनुभएको थियो । यस्तै उहाँहरुलाई यहाँका जनताले रुकुम टुक्रिएको या नटुक्रिएको बारेका सोधेपछि जिल्ला टुक्रिए÷नटुक्रिए पनि नेपालमै पर्ने भएकाले कुनै फरक नपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दल, नागरिक, विभिन्न सरोकारवाला, पत्रकार लगायतको उपस्थिति थियो । रासस
No comments:
Post a Comment