लुम्बिनी (रुपन्देही), १६ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाले अब कृषिमा लगानी बढाउनुभएको छ ।
मुलुकको समृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले कृषिमा लगानी बढाउनुपर्ने बताउँदै गभर्नर नेपालले गाउँको विकास नहुँदासम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ ।
एनसिसी बैंक लिमिटेडले सुरु गर्न लागेको व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रवाह कार्यक्रमको आज शुभारम्भ गर्दै गभर्नर नेपालले नेपालमा रहेका अधिकांश बंैक तथा वित्तीय संस्थाहरु सहर केन्द्रित रहेको उल्लेख गर्दै बैंकहरुलाई ग्रामीण भेगमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कृषि र पशुपालनलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याएको बताउँदै यसको भरपुर प्रयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । कृषिमा व्यवसायीकरण गर्नका लागि सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराए पनि कृषकहरु सहुलियत दरको ऋण लिन नआएको गुनासो गर्नुभयो ।
सरकारले युवा व्यवसायीहरुलाई कृषि र पशुपालनमा सक्रिय सहभागी बनाउनका लागि रु एक अर्ब छुट्याएको भए पनि उल्लेख्य मात्रामा कृषक ऋण लिन नआएको बताउनुभयो । सरकारले ६ प्रतिशत ऋण उपलब्ध गराउँदासमेत कृषक नआएको भन्दै यसको प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले उपलब्ध गराएको ऋिण लिनका लागि अहिलेसम्म चानचुन एक हजार ३०० जना कृषिकमात्रै बैंकसम्म आएको बताउनुभयो । रासस
No comments:
Post a Comment