पोखरा, ८ माघ । स्थानीय ट्याक्सी चोकस्थित मेरी ‘विध्यावासिनी स्टोर’ भित्र आज अकस्मात दिउँसो बाघ छिरेपछि स्थानीयाबासीलाई सन्त्रस्त बनाएको छ ।
दिउँसो २ः३० बजे अकास्मात् स्टोरभित्र बाघ पसेको स्टोरका चौकीदार कुमार सुनारले जानकारी दिनुभयो । जानकारी पाएलगत्तै पुगेको वनरक्षकसहितको टोलीले बाघलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र वनरक्षक विनोद थापालाई बाघले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते थापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको सहायक वन अधिकृत महाप्रसाद ओझाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक मोहनबहादुर खड्काका अनुसार बाघलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । बाघ छिरेको खबरसँगै पोखराको ट्याक्सी चोक परिसरमा सर्वसाधारणको भीड लागेको छ ।
No comments:
Post a Comment