परासी, ८ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले विशेष चासोको रुपमा हरेको बताउनुभएको छ ।
नेपाली काँगे्रस सुनवल नगर कार्यसमितिको नवनिर्मित भवनको उद्घाट्न गर्दै नेता देउवाले आफूलाई पार्टीको नेतृत्वमा पु¥याउन कार्यकर्तालाई आग्रह गर्दै आफ्नो नेतृत्वले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै एकताबद्ध ढङ्गले पार्टी अगाडि बढ्ने विचार राख्नुभयो ।
उहाँले पार्टीमा अब आफूले नेतृत्व लिने अवसर पाए सबै आदिबासी जनजाति, दलित, महिला, मधेसी ,मुस्लिम, अल्पसङ्ख्यक तथा सम्पूर्ण जातजातिलाई मिलाएर लैजाने दाबीसमेत गर्नुभयो ।
आशन्न महाधिवेशनले पार्टीभित्र ठूलो परिर्वन ल्याउने बिताउँदै आफूले नेतृत्व गरे मधेस समस्या, र सीमाङ्कनसम्बन्धी मुद्दालाई तत्काल अन्त्य गर्ने जिकिर गर्नुभयो ।
सो अवसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अब पार्टीलाई अघि बढाउन वरिष्ठ नेता देउवा आवश्यक भएको आम कार्यकर्ताले महसुस गरेको दाबी गर्नुभयो । रासस
Friday, January 22, 2016
पार्टीभित्रको गुटबन्दी अन्त्य गर्छु: नेता देउवा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment