Tuesday, January 26, 2016

आयोजनाको काम चार महिना लम्बियो

पाँचथर, १२ माघ । नाकाबन्दीका कारण इन्धन आपूर्ति सहज नभएपछि हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको काम चार महिना लम्बिएको छ ।

जिल्लाको भारपा र याङ्नाम गाविसको सिमाना भएर बग्ने हेवा खोलाबाट निकाल्न लागिएको १६ मेगावाट क्षमताको सो आयोजना निर्माण कार्य चैत मसान्तसम्म सकिने भएको छ । आयोजना निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार मङ्सिर मसान्तसम्म आयोजनाको काम सक्ने लक्ष्य राखिए पनि इन्धन अभावका कारण समय लम्बिएको हो ।

“अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भएको छ” उहाँले भन्नुभयो । विसं २०६९ मङ्सिरदेखि सुरु गरिएको उक्त आयोजनाको लागत रु दुई अर्ब १६ करोड रहेको छ । निर्धारित समयामा काम सम्पन्न हुन नसक्दा थप रु आठ करोड लागत बढेको छ । “बैंकको ब्याजका कारण लागत बढेको हो” ढुङ्गानाले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts