Wednesday, January 6, 2016

अवैध बजार बन्द

काँकडभिट्टा (झापा), २२ पुस । जिल्ला प्रशासन कार्यालयले काँकडभिट्टा नाका नजिक दुई महिनादेखि सञ्चालित पेट्रोलियम पदार्थको अवैध बजार बन्द गराएको छ ।

भारतीय नाकाबन्दी सुरु भएयता मेचीनगर–११ प्यारी भिट्टास्थित खुला चौरमा अवैध तेल बजार सञ्चालन हुँदै आएको थियो । त्यहाँ अवैध रुपमा भारतबाट भित्र्याइएको पेट्रोल र डिजेलको व्यापार हुँदै आएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौलाले विकृति बढेका कारण बजार बन्द गराइएको जानकारी दिनुभयो ।

पहिलो चरणमा राजमार्ग वरपरको अवैध तेल बजार बन्द गराइएको र अर्को चरणमा जिल्लाका सबै क्षेत्रमा तेलको अवैध व्यापार रोक्ने योजना रहेको उहाँले बताउनुभयो । उक्त बजारमा दैनिक ८० हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल किनबेच हुँदै आएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts