Wednesday, January 6, 2016

धान उत्पादनमा वृद्धि

भद्रपुर, २२ पुस । झापामा यसवर्ष वर्षे धानबालीको उत्पादनमा वृद्धि भएको छ ।

गत वर्ष ८३ हजार २०० हेक्टर जग्गामा भएको धानखेतीबाट तीन लाख ४१ हजार ५४० मेट्रिक टन धान फलेको थियो भने यसवर्ष ८३ हजार हेक्टर जग्गामा तीन लाख ५७ हजार ४५५ मेट्रिक टन धान उत्पादन भएको छ ।

कार्यालयका योजना प्रमुख शित्तल भट्टराईका अनुसार गतवर्ष प्रति हेक्टर ४.११ मेट्रिक टन धान उत्पादन भएको थियो भने योवर्ष ४.३१ मेट्रिक टन उत्पादन भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts