Tuesday, January 19, 2016

आयुक्त बरालको विवाद संवैधानिक इजलासले हेर्ने

काठमाडौ, ५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको पदावधि विवादलाई सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउने भएको छ ।

न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले संविधानसँग सम्बन्धित विषय भएकाले संवैधानिक इजलासमा पठाउने भएको हो ।

आयुक्त बरालले आफूले शपथग्रहण गरेको दिनबाटै आफ्नो कार्यकाल गणना हुनुपर्र्ने माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

आयुक्त बरालले २०६६ साल माघ ५ गते अख्तियारको आयुक्त नियुक्त हुनुभएको थियो, तर पदभार ग्रहण भने चार वर्षपछि २०७० साल पुस २५ गते मात्र गर्नुुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts