Tuesday, January 19, 2016

राज्यमन्त्री थापाद्वारा जनताको सेवामा खट्न निर्देशन

रसुवा, ५ माघ । भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले जनताको सेवामा अहोरात्र खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

राप्रपा नेपाल जिल्ला कार्यसमिति रसुवाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले सो निर्देशन दिनुभएको हो ।

रसुवावासी भूकम्पपीडित छाप्राछाप्री र त्रिपालभित्रको बासमा गुजारा चलाइरहेका छन् । उनीहरुलाई सहयोगको खाँचो छ । त्यस्ता पीडित परिवारलाई राप्रपा नेपालका कार्यकर्ताले पुनःनिर्माणमा सहयोग गर्नुपर्ने बताउँदै राज्यमन्त्री थापाले ग्रामीण समुदायमाझ आवश्यक पर्ने सडक, बाटो, पुलपुलेसा, सामुदायिक भवन, विद्यालयजस्ता पूर्वाधार निर्माण र आयवृद्धि गरी जीविकोपार्जनमा सहजता ल्याउने कार्यक्रममा सहयोग पु¥याउनसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पासाङल्हामु मार्गको स्तरोन्नतिका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्दा यथेष्ट मुआब्जा प्रदान गरिनुपर्ने र बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु खण्डको सडक बनेका जग्गाको किसानको नाउँबाट लगत कट्टा गर्न मन्त्रालय अगाडि बढ्ने उहाँले बताउनुभयो ।

राज्यमन्त्री थापाले आजै भूकम्पले भत्काएको धुन्चेस्थित मालपोत कार्यालय, रसुवागढीको ऐतिहासिक पर्खाल र टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाह क्षेत्रले चर्चिएको जग्गाको समेत स्थलगत निरीक्षणका साथै नेपालमा आयात हुने चिनियाँ सामग्रीको परिमाण, व्यवसायीबाट प्राप्त हुने राजस्वका बारेमा रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुबाट जानकारी लिनुभएको थियो ।

यस्तै, राप्रपा नेपाल रसुवामा प्रवेश हुने नवप्रवेशी ३८ जनालाई राज्यमन्त्री थापाद्वारा टीका लगाई स्वागत गर्ने कार्यसमेत आजै सम्पन्न भएको सो दलका जिल्ला अध्यक्ष ठिले लामाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts