Sunday, January 24, 2016

दुर्घटनामा एकको मृत्यु, ३० घाइते

चितवन, १० माघ । पृथ्वी राजमार्गको फिस्लिङमा आज बिहान पौने १० बजे तीन सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जना माइक्रोबसमै च्यापिएका यात्रु हुन् । छ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

मृतक अन्दाजी ५० वर्षका पुरुष रहेको र सनाखत हुन नसकेको उहाँले बताउनुभयो ।

च्यापिएकाहरुको उद्धार गरिएको छ । घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार काठमाडौँ जाँदै गरेको ना ४ ख ९८७१ नम्बरको ट्रकलाई ना १ ज ५००० नम्बरको सोही दिशातर्फ जाँदै गरेको माइक्रोले उछिन्न खोज्दा मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८७२५ नम्बरको बसमा ठक्कर खान पुगेको थियो । उछिन्दै गरेको माइक्रोलाई ट्रकले समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दारेचोक गाउँ विकास समिति वडा नं. ९ फिस्लिङमा भएको सो दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरेर चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको हो । घटनास्थल मुग्लिनबाट १५ किलोमिटर टाढा पर्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts