Saturday, January 2, 2016

राजनीतिलाई सामाजिक सेवामा रुपान्तरण गर्नुपर्छ– उपप्रधानमन्त्री मैनाली

काठमाडौँ, १८ पुस । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले मुलुकमा अहिले सत्ता केन्द्रित र सुविधाको राजनीति अभ्यासमा रहेकाले यसलाई सामाजिक सेवामा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मेडिकल टाइम्स नामक मासिक पत्रिकाको आज यहाँ विमोचन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सूचना समावेश गरी प्रकाशित गरिएको पत्रिका स्वास्थ्यसम्बन्धी जानकारी राख्न चाहने सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उद्योग राज्यमन्त्री मेघराज नेपालीले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ रुपमा सबै नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिँदै राजनीतिज्ञ तथा जनताको सम्पूर्ण उपचार स्वदेशमै गर्ने परिपाटी विकास गर्नुपर्ने बताउनुभयो ।

मिर्गाैला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सन्तुलित आहार तथा व्यायामलाई सर्वसाधारणले कायम गर्नसकेमा निरोगी हुन सकिने तथ्यलाई देशभर बुझाउन नसकिएकाले विभिन्न रोगका सङ्क्रमण बढ्दै गएको बताउनुभयो ।

पत्रिकाका सम्पादक गोविन्दा साहले स्वास्थ्य क्षेत्रमा देखिने विभिन्न समस्यालाई उजागर गरी समस्या निराकरणका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts