Sunday, January 3, 2016

काँग्रेस उपसभापति पौडेल सोमबार भारत जाने

काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जान लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

सो क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्नुहुने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts