काठमाडौ, २० पुस । राष्ट्रिय परिचयपत्र व्यवस्थापन लगायतका काममा अनियमितता भएकोभन्दै व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले तीन वटा उपसमिति गठन गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापनको बोलपत्र, सिंहदरबारभित्र बनाइएका पूर्वाधारहरुको निर्माण र भुकम्प प्रभावितहरुको सहयोगका लागि दाताहरुबाट आएको सहयोग रकम लुथरन विश्व फेडेरेशनले अनियमितता गरेको विषयमा छानविनका लागि तीन वटा उपसमिति गठन गरेको हो ।
समितिले राष्ट्रिय परिचयपत्र व्यवस्थापनको बोलपत्रमा भएको भनिएको अनियमितताको छानविनका लागि काँग्रेस सांसद् रामहरि खतिवडाको संयोजकत्वमा गठन गरेको उपसमितिमा जयदेव जोशी, भाष्कर भद्रा, डोरप्रसाद उपाध्याय र शत्रुधन महतो सदस्य रहनु भएको छ । लुथरन विश्व फेडेरेशनले भुकम्प प्रभावितको नाममा आएको १ अर्ब ५० करोड रुपैयाँ अनियमितता गरेको सम्बन्धमा छानविनका लागि काँग्रेसकै सांसद् उषा गुरुङको संयोजकत्वमा गठन गरिएको उपसमितिमा भरत साउद, मीना पुन, डिम्पलकुमारी झा र लालेन्द्रकुमार मण्डल सदस्य रहनु भएको छ ।
सिंहदरबारभित्र पछिल्लो समयमा बनाइएका भवन र अन्य भौतिक पूर्वाधारहरुको निर्माणका सम्बनधमा भएको अनियमितता छानविनका लागि नेपाली जनता दलका सांसद् हरिचरण साहको संयोजकत्वमा दिपक खड्का, विकास लम्साल, रुपा महजृन र योगेन्द्र चौधरी सदस्य रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । समितिले तीनवटै उपसमितिलाई एक महिनाको समय दिएको छ ।
Monday, January 4, 2016
अनियमितताको छानबिन गर्न तीन वटा उपसमिति गठन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment