रत्ननगर (चितवन), २१ पुस । चितवनको दारेचोकस्थित पृथ्वी राजमार्गबाट आज अपराह्न एउटा ट्रक त्रिशूलीमा खस्दा एकजनाको मत्यु भएको छ ।
आज अपराह्न करिब ४ बजे ना ३ ख ३९४७ नम्बरको ट्रक सडकबाट करिब १५० मिटर तल खसेको चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी ट्रकका चालकको ज्यान गएको जानकारी आएको अधिकारीले राससलाई बताउनुभयो । उनको पहिचान भने खुलेको छैन ।
ट्रक खुद्रा सामान लोड गरेर काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको जस्तो देखिएपनि कहाँबाट कहाँ जाँदै थियो भनेर यकिन नभएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment