Tuesday, January 5, 2016

सहरी गरिबी निवारण कार्यक्रम सञ्चालन हुने

काठमाडाँै, २१ पुस । सहर र सहरनजिक रहेको गरिबीलाई सम्बोधन गर्ने उद्देश्यले गरिबी निवारण कोषले नमुना कार्यक्रम सुरु गर्ने भएको छ ।

कार्यक्रमको सहजीकरण गर्न छानिएको गैरसरकारी संस्था परस्पर सेवा नेपालसँग कोषले आज सम्झौता गरेको छ ।

सम्झौतापत्रमा कोषका उपाध्यक्ष युवराज पाण्डेको उपस्थितिमा कोषका कार्यकारी निर्देशक नहकुल केसी र परस्पर सेवा नेपालका अध्यक्ष डा टीका पोख्रेलले हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।

सम्झौताअनुसार कार्यन्वयनमा सहसहजीकरण गर्न कोषले परस्पर सेवा नेपाललाई रु ५३ लाख ९९ हजार उपलब्ध गराउनेछ ।

काठमाडाँै र बुटवल सहरी क्षेत्रको वरपरमा रहेका वस्तीमा लागु गरिने दुईवर्से कार्यक्रमअन्तर्गत सीप विकास, आयआर्जन र उद्यमशीलता गतिविधिलाई सहयोग गरिनेछ ।

हाल देशका ५५ जिल्लामा कार्यरत कोषले २७ हजार सामुदायिक संस्थामार्फत सात लाखभन्दा बढी विपन्न घरधुरीलाई समेटेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts