Saturday, January 23, 2016

रुद्रमती सफाइको १०० हप्ता, ६४ टन फोहर व्यवस्थापन

काठमाडौँ, ९ माघ । रुद्रमती (धोबीखोला) सरसफाइको १०० हप्ता पुगेको अवसरमा आज बुढानीलकण्ठदेखि वाग्मती दोभानसम्मका १० स्थानमा सफाइ गरी ६४ टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइ अभियानमा सहभागी हुँदै उपप्रधान मन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले धोबीखोला नदी किनारमै आफूसमेत बस्ने भएकाले नियमितरुपमा सक्रीय रहने प्रतिबद्धता जनाउनुभयो ।

सांसद गगन थापाले उपत्यकाका नदी सफाइका विषयमा नीति निर्धारण गरिनुपर्ने बताउनुभयो । सांसद रामेश्वर फुयाँलले पूर्वमुख्यसचिव लीलामणि पौडेलको सक्रियताले नदी सफाइमा नयाँ आयाम थपिएको बताउनुभयो ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले रुद्रमतीको पूर्वी भागको नदी किनारमा ढल हाल्ने काम भइरहेको र पश्चिम भागमा पनि ढल हाल्नका लागि टेन्डर आह्वान गरिएको जानकारी गराउनुभयो ।

सय हप्ता पुगेका अवसरमा भएको आजको सफाइमा युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत रेन्चे टिरिङले उपस्थित भएर ऐक्यबद्धता जनाउनुभएको थियो ।

सफाइ कार्यक्रम धोबीखोलाका विभिन्न स्थान– बुढानीलकण्ठ, पहेँलो पुल, नीलो पुल, कालो पुल, रातो पुल र सेतो पुललगायतका स्थानमा गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts