Friday, January 22, 2016

दलित, मधेसी, जनजाति र सीमान्तकृत महिलाको उत्थानमा जोड

काठमाडौँ, ८ माघ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ संविधानले महिलाको अंशीय र वंशीय अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।
मोतीदेवी स्मृति केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधानसम्बन्धी उपत्यकास्तरीय अन्तक्र्रिया’ मा उहाँले दलित, मधेसी, जनजाति र सीमान्तकृत महिला अझै पनि समाजमा पछि परेकाले उनीहरुको उत्थानका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने औँल्याउनुभयो ।

एमालेका उपाध्यक्ष तथा केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले समानुपातिक र समावेशिताका आधारमा राज्यका प्रत्येक निकायमा समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले संविधान उल्लेख भएका महिलाका अधिकारलाई कार्यान्वयन गर्नु महिलाअधिकारकर्मीको चुनौती भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts