Friday, January 22, 2016

छिट्टै स्थानीय निकायको निर्वाचन मिति तोकिने

काठमाडौँ, ८ माघ । उपप्रधानमन्त्री कमल थापाले छिट्टै स्थानीय निकायको निर्वाचनको मिति तोकिने बताउनुभएको छ ।

स्थानीय विकास पत्रकार समाज नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा स्थानीय सरकार एवम् स्थानीय तहका कर्मचारी अवसर र सम्भावना’ विषयको अन्तक्र्रियामा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले अहिले सम्पूर्ण अधिकार केन्द्र क्षेत्रमा रहने भएकाले स्थानीय निकायको निर्वाचन मिति छिट्टै तोकिन्छ भन्नुभयो ।

उहाँले आगामी दिनमा जनसहभागिता, सौर्य ऊर्जा, घर घरमा सौर्य बत्ती, सीमा क्षेत्र विकास कार्यक्रम लगायतको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।

मन्त्रालयका सचिव माधव रेग्मीले स्थानीय तहको विकासको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागीले लामो समयदेखि स्थानीय निकायमा कार्यरत अस्थायी तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न र मनपरी कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति हटाउन माग गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts